×

NMB BANK
NIC ASIA

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओलीले मान्नुभएन, कुरा मिलेन : भीम रावल

चैत २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते भएको निर्णय फिर्ता लिन अस्वीकार गरेपछि सोमवार भएको छलफल निष्कर्षविहीन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच भएको भेटवार्तामा माधव नेपाल पक्षले फागुन २८ गतेको बैठकले गरेका निर्णय फिर्ता गर्नुपर्ने अडान राखेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकपछि नेता भीम रावलले छलफल प्रारम्भ भए पनि कुनै निष्कर्षमा नपुगिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘कुरा मिलेन, फेरि छलफल गर्ने कुरा भएको छ । अर्को छलफल कहिले हुने भन्ने यकिन भएको छैन,’ रावलले भने । 

Vianet communication
Laxmi Bank

माधव नेपाल पक्षले ३ वर्षअघिको स्थितिबाट काम कारवाही अगाडि बढ्नुपर्ने धारणा राखेको थियो । ‘सर्वोच्चले नेकपा एमाले ३ वर्ष अगाडिको स्थितिबाट अगाडि बढ्नु भनेपछि प्रस्थान विन्दुबाट अगाडि बढ्नुपर्छ भन्ने हाम्रो अडान रह्यो,’ रावलले भने, ‘सर्वोच्चले फैसला गरेपछि एमाले पूर्ववत् अवस्थामा गएको कुरालाई स्वीकार नगरे मान्य हुँदैन । पार्टीबाट कुनै निर्णय गर्नुपरेमा केन्द्रीय कमिटीको साझा निर्णय गर्नुपर्छ । २८ गते जुन प्रकारको बैठक भयो भनिएको थियो, त्यसलाई मानिरहने भयो भने त एमाले भएको मानिएन ।’

नेपाल पक्षले २८ गतेको निर्णय रद्द भएमा चैत्र ४ गतेका लागि बोलाइएको कार्यकर्ता भेला स्थगित गर्ने बताएको छ । 

प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै एमाले ब्युताइदिएपछि ओली र नेपाल पक्षबीच संवाद हुन सकेको थिएन । सोमवारको भेटवार्तापछि एमाले विवादमा ‘आइसब्रेक’ भएको ठानिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x