२१ असार २०८३, आइतबार

पशुपतिनाथमा सुनको जलहरी राख्ने विवादमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश

पशुपतिनाथमा सुनको जलहरी राख्ने विवादमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश

सर्वाेच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेको हो ।

गत फागुन १० गते अधिवक्ता नितिका ढुंगाना र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश नदिएको अदालत स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरको दर्शन गर्दै ३० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएपछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राखेको थियो । जलहरी राख्ने कार्य रोक्न माग गर्दै ढुंगाना र वैद्यले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्