०४ असार २०८३, बिहीबार

मिर्गाैला पीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग

मिर्गाैला पीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग

रोल्पाको माडी गाउँपालिका–६ निवासी विगत लामो समयदेखि दुवै मिर्गाैलाले काम गर्न छाडेर उपचार गराइरहेकी भूमिसरा घर्ती मगरको उपचारमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, याशिका बाँठा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा संकलित ७९ हजार ८९० रुपैयाँ भूमिसरालाई हस्तान्तरण गरिएको छ ।

गायत्री नेसनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर रकम हस्तान्तरण गरिएको छ ।

अमेरिका बस्ने कमल थापाको पहलमा एनिता राई, निरा निरौला, भावना भण्डारी, यशोदा चौलागाई, हरी कोइराला, सुरेन्द्र राम, विष्णु कँडेल, भिमसेन प्रधान, आशा क्षेत्री, रमा पोखरेल, अशोक यादव, प्रभा विष्ट, यशोदा थापा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा दिलिप सुवेदी, देव शर्मा, रुपक खड्का, गोकर्ण दाहाल, शुसील क्षेत्री, जीवराज बुढा, हेमन्त गेलाल, जीवन गोषी, तेज अर्याल, नेत्र पाण्डे, जनक रानाले सहयोग गरेका थिए ।

दुवै मिर्गाैलाले काम गर्न नसकेपछि विगत लामो समयदेखि भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छन् । कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध गरेकी छन् ।

‘नियमित उपचारका कारण मैले आर्थिक अभाव झेल्नु परिरहेको छ । यहाँहरूको सहयोगले उपचारमा केही सहज हुने नै छ । थप उपचारका निम्ति थप सहयोग आवश्यक पर्ने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्