३० जेठ २०८३, शनिबार

जब मेलानियाले डोनाल्ड ट्रम्पलाई थप्पड हानिन् (भिडियो सहित)

कात्तिक २०, २०७४
जब मेलानियाले डोनाल्ड ट्रम्पलाई थप्पड हानिन् (भिडियो सहित)

काठमाडौं, ९ जेठ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाले सार्वजनिक रूपमै मतभेद देखाउने गरेका छन् । शपथग्रहणका बेलामा ट्रम्पले मेलानियालाई एक्लै छोडेर सिँढी उक्लिएको घटना धेरैले बिर्सेका छैनन् ।


यही सिलसिलामा ट्रम्पले इजरायलको भ्रमणका क्रममा मेलानियातर्फ हात बढाए तर उनले क्यामराकै अगाडि तत्कालै पतिको हातमा छुस्स थप्पड हानिदिइन् । संकोचमा परेका ट्रम्पले त्यसपछि हातले आफ्नो टाई सुम्सुम्याएर कोटको फेर तानेका थिए । 

बेन गुरियोन विमानस्थलको रातो कार्पेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनकी पत्नी सारा पनि उक्त अवसरमा उपस्थित थिए ।

ट्विटर प्रयोगकर्ताहरूले डोनाल्ड र मेलानियाको शारीरिक हाउभाउमाथि टीकाटिप्पणी गरिरहेका छन् । अनि अमेरिकी राष्ट्रपतिले इजरायलको प्रथम जोडीसँग साइडमा हिँड्दा मेलानियालाई एक कदम पछि छोडेको बारेमा पनि उनीहरूले खुबै टिप्पणी गरे ।

एक ट्विटर प्रयोगकर्ताले यसो लेखे, ‘डोनाल्डले उनलाई (छाडा गाली) जस्तो व्यवहार गर्छन्, उनलाई बिर्सन्छन्, कारबाट झर्न सहयोग गर्दैनन् अनि अहिले चाहिँ उनको हात चाहियो ?’

गत जनवरीमा मेलानियालाई डोनाल्डले छुस्स हेरेर अन्तै दृष्टि सार्दा उनले आँखीभौं खुम्च्याएको विषयलाई लिएर पनि ट्विटर प्रयोगकर्ताहरूले ह्याशट्याग फ्रीमेलानिया अभियान चलाएका थिए ।

हेरौं भिडियो :


एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्