०४ साउन २०८३, सोमबार

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा खोप लगाउन सबै नागरिकलाई आग्रह

चैत २, २०७७
थाइल्याण्डका प्रधानमन्त्रीद्वारा खोप लगाउन सबै नागरिकलाई आग्रह

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले भोलि मंगलबार कोरोनाभाइरसविरुद्धको खोप लगाउनु हुने भएको छ । 

रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले समेत शुक्रबार खोप अभियान स्थगित गरेको थियो । तर उपप्रधानमन्त्री तथा सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले भने खोप सुरक्षित नै रहेको दावी गर्नुभएको छ ।

प्रधानमन्त्री ओचाले भोलि त्यही खोप लगाउन लाग्नुभएको उहाँले जानकारी दिनुभएको छ ।  

मन्त्रीपरिषद्का सदस्यमध्ये ६० बर्ष उमेर पुरा भएका अन्य मन्त्रीलाई पनि भोलि खोप लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका धेरै स्वास्थ्य निकायहरूले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेपनि केही देशहरूमा खोप अभियान स्थगित गरिएको छ । 

वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

तर अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली र रोमानीयाले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका छन् । 

स्वास्थ्यसम्बन्धी नियामक निकायहरूले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाइ छ । 

खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्