२२ असार २०८३, सोमबार

एउटै वडामा एकैदिन ९ वटा कार्यक्रम उद्घाटन

एउटै वडामा एकैदिन ९ वटा कार्यक्रम उद्घाटन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौवटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौ कार्यक्रम उद्घाटन गरिएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्तरूपमा नौवटा कार्यक्रमको उद्घाटन गरे।

salt training

कमेन्ट गर्नुहोस्