१४ असार २०८३, आइतबार

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैँक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ ।

एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिम चोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरे । 

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित थिए। 

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्