१० असार २०८३, बुधबार

ऋण दिएको ३ लाख माग्दा उल्टै बलात्कारको मुद्दा लागेपछि टाउकोमा गोली हानेर आत्महत्या

चैत ३, २०७७
ऋण दिएको ३ लाख माग्दा उल्टै बलात्कारको मुद्दा लागेपछि टाउकोमा गोली हानेर आत्महत्या
प्रतिकात्मक तस्वीर

भारतको नयाँदिल्लीस्थित गोयला खुर्द गाउँमा ४१ वर्षीय दीपक सांगवानले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘सुसाइड नोट’ फेला परेको छ, जसमा एक महिलाले बलात्कारको झूटा मुद्दा लगाएको उल्लेख गरिएको छ ।

मृतककी आमाको निवेदकका आधारमा प्रहरीले अनुसन्धान शुरू गरिसकेको प्रहरीका डीसीपी सन्तोषकुमार मीणाले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतक दीपकले एक महिलालाई ३ लाख रुपैयाँ ऋण दिएका थिए । ऋण दिएको पैसा माग्दा महिलाले बैंकमा पैसा नभएको चेक दिइन् । 

त्यसपछि दीपकले ती महिलाविरुद्ध ‘चेक अनादर’ मुद्दा दिए । चेक अनादर मुद्दामा कारवाही हुने भएपछि ती महिला र उनका बुवाले उल्टै दीपकविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिन् । त्यसैले दीपक तनावमा रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्