०२ साउन २०८३, शनिबार

दुई दिनमै बिक्री भयो सन्राइज ब्लूचिप फण्डको आधा भन्दा बढी इकाई

दुई दिनमै बिक्री भयो सन्राइज ब्लूचिप फण्डको आधा भन्दा बढी इकाई

सन्राइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७७/१२/०४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । 

यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्