
विश्वका विभिन्न भागमा वायु प्रदूषणको मात्राको अनुगमन गर्ने संस्था आईक्यू एयरले सन् २०२० का सर्वाधिक प्रदूषित शहरहरूको सूची मंगलवार जारी गरेको छ ।
सूचीमा काठमाडौं पाँचौं स्थानमा छ ।
काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६० छ ।
एक्यूआई १०० वा त्यसभन्दा कम भएमा स्वस्थ मानिन्छ । तर १०० भन्दा बढी भएमा स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
विश्वको सबभन्दा बढी प्रदूषित शहर नयाँ दिल्ली हो । उसको एक्यूआई २६७ छ । त्यसपछि किर्गिजस्तानको बिश्केक, भारतको मुम्बई र पोल्यान्डको क्राकौ रहेका छन् ।
पाँचौंमा काठमाडौं, छैटौंमा वुहान, सातौंमा बंगलादेशको ढाका, आठौंमा चीनको चङ्तु, नवौंमा थाइल्यान्डको चियाङ माई र दशौंमा पाकिस्तानको लाहौर छन् ।