२७ असार २०८३, शनिबार

चालु खाता घाटा १ खर्ब १ अर्ब ९० करोड, व्यापार घाटा ७ खर्ब

चालु खाता घाटा १ खर्ब १ अर्ब ९० करोड, व्यापार घाटा ७ खर्ब

चालु खाता घाटा निरन्तर चुलिन थालेको छ। शुरूको केही महिना धनात्मक भएपनि पछिल्लो समय घाटा चुलिएको हो।

राष्ट्र बैंकले माघ महिनासम्मको विवरण सार्वजनिक गर्दै चालु खाता घाटा १ खर्ब एक अर्ब ९० करोड पुगेको जनाएको छ।

माघसम्म आयात ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको भएको छ। पोहोरको भन्दा यो थोरै बढि हो। व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ छ। यद्यपी यो पोहोरको भन्दा ०.७ प्रतिशतले कम हो।

शोधनान्तर बचत भने एक खर्ब रुपैयाँ हाराहारी पुगेको छ। माघमा ९७ अर्ब ३६ करोड बचत भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो बर्ष यतिबेला बचत  २१ अर्ब ६१ करोड रुपैयाँ थियो। 

माघमा विदेशी मुद्रा सञ्चिति १४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ। गत असारमा यो १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ थियो। 

salt training

कमेन्ट गर्नुहोस्