२३ असार २०८३, मंगलबार

संसदमा सम्वोधनसँगै प्रधानमन्त्रीको राजीनामा

कात्तिक २०, २०७४
संसदमा सम्वोधनसँगै प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, ९ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यबस्थापिका संसदको बैठकमा सम्वोधनमार्फत राजीनामा गर्ने भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले राजीनामा गर्ने बताएका थिए ।

प्रधानमन्त्रीका सहयोगीहरुले पनि मंगलवार नै राजीनामा गर्ने बताएका छन् । ‘सडकमा राजीनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजीनामा नदिने नेताहरु भएको मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिक सहमति पालनामा इमान्दार बन्नुपर्छ भन्ने मान्यता स्थापित गर्न राजीनामा दिँदैछन्’ प्रचण्डपुत्र एवम् स्वकीय सचिव प्रकाश दाहालले फेसबुकमा लेखेका छन, ‘फेरि पनि बधाई ! अर्को सरकारले दोस्रो चरणको निर्वाचन सफल गरोस् ।’

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री लगायत मन्त्रीहरुले सामूहिक फोटो खिचाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्