२३ जेठ २०८३, शनिबार

ओलीको प्रश्न : गाउँपालिकाका वडा रातारात कता हराए ?

कात्तिक २०, २०७४
ओलीको प्रश्न : गाउँपालिकाका वडा रातारात कता हराए ?

काठमाडौं ९ जेठ
–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको नतिजा प्रभावित गर्नेगरी सरकारले स्थानीय तहको संख्या थप गरेको भन्दै त्यस्तो निर्णय आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । निर्वाचनको मिति तोकिसकिएको र निर्वाचन तयारी भइरहेको समयमा स्थानीय तहको संख्या बढाउनु गैर संवैधानिक कदम भएको उनको भनाइ थियो ।

मंगलवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता गर्नुपर्ने बताएका हुन् । ‘हामीले विभिन्न गाउँपालिकाको अध्यक्ष र वडाका लागि उम्मेदवार घोषणा गरिसकेका थियौ, तर रातारात ती वडा हराएछन’ ओलीले प्रश्न गरे, ‘निर्वाचन परिणाम प्रभावित पार्नेगरी गाउँपालिकाको संख्या थप्ने काम किन गर्नु पर्यो ?’

अध्यक्ष ओलीले बिनासर्त तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने भन्दै अहिले सरकार फेरबदलमा लाग्न नहुने बताए । ‘मैले बिहान प्रधानमन्त्री र कांग्रेसका सभापतिलाई भनेको छु, लोकलाजमा बेइज्यत हुनेगरी आजै राजीनामा गर्ने काम बन्द गरौैं,’ ओलीले भने, ‘जे जे गर्ने हो चुनाव सकिएपछि गरे हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्