०४ साउन २०८३, सोमबार

तीन दलका नेतासँग सभामुखको छलफल, कतिबेला सुरु होला संसद बैठक ?

कात्तिक २०, २०७४
तीन दलका नेतासँग सभामुखको छलफल, कतिबेला सुरु होला संसद बैठक ?

काठमाडौं ९ जेठ – व्यबस्थापिका संसदको बैठक सुचारु गर्न सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरिराहेकी छिन् । स्थानीय तहको संख्या बढाएको विरोधमा नेकपा एमालेले संसदको बैठक अबरुद्ध गर्ने चेतावनी दिएपछि दिउसो तीन बजेका लागि निर्धारण गरिएको सिंसदको बैठक साझ सवा ६ बजेसम्म सुरु हुन सकेको छैन ।

संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्वोधनमार्फत राजीनामा गर्ने तयारी गरेका छन् । नेकपा एमालेले संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले कांग्रेस र एमालेका शीर्ष नेतासँग संसद सुचारु गर्न बैठक राखेकी हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसंग परामर्श गरेका थिए ।

संसदमा संम्वोधनका लागि प्रचण्ड दिउसो तीन बजे नै संसद भवनमा पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्