३१ असार २०८३, बुधबार

एमाले खनाल–नेपाल पक्षले पनि बोलायो सांसदहरूको छुट्टै भेला

एमाले खनाल–नेपाल पक्षले पनि बोलायो सांसदहरूको छुट्टै भेला

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकअघि वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आफूपक्षीय सांसदहरूको भेला बोलाएको छ । 

राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको स्थान हेरिटेज गार्डेन सानेपामा बिहान साढे १० बजे सांसदहरूको भेला बोलाइएको एक सांसदले लोकान्तरलाई जानकारी दिए । 

खनाल–नेपाल पक्षले बिहीवारका लागि ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित नहुने बताएको थियो । 

कार्यकर्ता भेला आयोजना गरिएको थाहा हुँदाहुँदै ओलीले संसदीय दलको बैठक बोलाएकाले सहभागी नहुने स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईले जानकारी दिए ।

खनाल–नेपाल पक्षको कार्यकर्ता भेला बुधवारदेखि जारी छ । 

ओलीले बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

बैठकमा सहभागी हुनका लागि सूर्य चुनाव चिह्नबाट लडेका सबैलाई अनिवार्य उपस्थितिको ह्वीप जारी गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्