०२ असार २०८३, मंगलबार

इजरायलमा विरोधको अनौठो तरिका : बनाइयो प्रधानमन्त्रीले मलत्याग गरिरहेको मूर्ति

चैत ५, २०७७
इजरायलमा विरोधको अनौठो तरिका : बनाइयो प्रधानमन्त्रीले मलत्याग गरिरहेको मूर्ति

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टुक्रुक्क बसेर मलत्याग गरिरहेको जस्तो देखिने मूर्ति तेल अभिभमा ठड्याइएको छ । 

दुई वर्षमा चौथोपटक निर्वाचनको घोषणा गरेका नेतान्याहुको विरोधमा यस्तो मूर्ति राखिएको हो । 

तेल अभिभको हाबिमा स्क्वेयरमा बुधवार बिहान मूर्ति देखापरेको इजरायली सञ्चारमाध्यमले लेख्यो । मूर्ति धातुको पेडेस्टलमा राखिएको छ र त्यसमा नेतान्याहु नग्न भएर मलत्याग गरिरहेको जस्तो देखिन्छ । 

मूर्तिकार को हो भन्ने कुरा रहस्यमै छ । तर मूर्तिलाई मानिसहरूले हेरून् भनी उनले त्यस नजिकको टेबुलमा खानेकुरा राखेका थिए । 

पछि महानगरपालिकाका कर्मचारीले मूर्तिलाई हटाएका थिए । प्रहरी अधिकारीहरूले यो मूर्ति कसले बनाएको हो थाहा छ भनी बटुवाहरूलाई सोधपुछ गरेका थिए । 

केही समयसम्म राखिएको मूर्तिले तेल अभिभका निवासीहरूमा विभिन्न किसिमका भाव उत्पन्न गरेका छन् । केही मानिसले मूर्तिसँग तस्वीर खिचाए भने अन्यले त्यसलाई देखेर रिसाएको पारा ल्याए । 
 

salt training

कमेन्ट गर्नुहोस्