३१ जेठ २०८३, आइतबार

नबिल बैंकले किन्ने हल्लापछि नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा उछाल, एक घण्टामै सर्किट

नबिल बैंकले किन्ने हल्लापछि नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा उछाल, एक घण्टामै सर्किट

नबिल बैंक लिमिटेडले प्राप्ति गर्न लागेको हल्ला चलेपछि नेपाल बंगलादेश बैंक लिमिटेडको शेयर मूल्यमा उछाल आएको छ ।

नेपाल बंगलादेश बैंक प्राप्तिका लागि नबिल बैंकले छलफल अघि बढाएको हल्ला चलेपछि उक्त बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने अवस्था आएको हो ।

कारोवार शुरू भएको एक घण्टामै ३१ अंकले बढेर उक्त बैंकको शेयर मूल्य ३४९ पुगेको छ ।

अघिल्लो दिन ३ सय १८ मा कारोबार बन्द भएको थियो । 

शेयर बजारमा कुनै पनि कम्पनीको शेयर एकै दिनमा १० प्रतिशत भन्दा बढी बढ्न वा घट्न पाउँदैन ।

salt training

कमेन्ट गर्नुहोस्