२८ असार २०८३, आइतबार

ओलीको अध्यक्षतामा बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू, नेपाल पक्ष अनुपस्थित

ओलीको अध्यक्षतामा बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू, नेपाल पक्ष अनुपस्थित

नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुरू भएको बैठक माधव नेपाल पक्षले भने बहिष्कार गरेको छ । 

सूर्य चिह्न लिएर चुनाव लडेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यलाई बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिए पनि कार्यकर्ता भेलाको कारण देखाउँदै माधव नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको छ । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन संसदीय दलको बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठकमा उपस्थित नभए पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार कारवाही हुने चेतावनी दिएका थिए । 

यसअघि कुनै पनि गुटमा नलागेका लालबाबु पण्डित, कुमारी तुलसी थापा दलको बैठकमा उपस्थित भएका छन् । यसअघि माधव नेपाल समूहमा रहेकी गंगा चौधरी सत्गौवा पनि बैठकमा उपस्थित भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्