०३ असार २०८३, बुधबार

अक्षय कुमार नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि पुगे अयोध्या

चैत ५, २०७७
अक्षय कुमार नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि पुगे अयोध्या

नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि अभिनेता अक्षय कुमार दुई अभिनेत्रीसँग मुम्बईबाट अयोध्या पुगेका छन् ।

उनको चार्टर्ड प्लेन (पुष्पक विमान) मुम्बईबाट उड्दा मानिसहरूले जय श्रीरामको नारा लगाए । 

फिल्मको निर्माण लन्डनमा बस्ने व्यापारी अलीराजा सुभासकरण र प्राइम भिडियो मिलेर गरिरहेका छन् । 

अयोध्यामा अक्षय कुमार, ज्याकलिन फर्नान्डेज र नुसरत भरुचाले श्रीराम जन्मभूमि परिसरमा रालललाका अगाडि मुहूर्त पूजा गर्नेछन् । त्यसपछि फिल्मको मुहूर्त शट शूट गरिनेछ । 

फिल्मका निर्देशक अभिषेक शर्माले यसको रिसर्च र लेखनमा पूरा वर्ष बिताएको बताए । पटकथा सुन्नेबित्तिकै अक्षय कुमारले हुन्छ भनेको पनि उनले जानकारी दिए । 

यो मेगाबजेट फिल्म भएको र यसमा मानिसहरूले विज्ञान र आस्थाको संगम भेट्ने उनको भनाइ छ । 

अक्षय कुमारले हालैको दिनमा बच्चन पाण्डे फिल्मको शूटिङ सकेका छन् । 

अयोध्यामा रामसेतु फिल्मको मुहूर्त भएलगत्तै शूटिङ शुरू गरिनेछ । फिल्मको ८० प्रतिशत शूटिङ मुम्बईमा गरिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्