०४ साउन २०८३, सोमबार

पश्चिम बंगाल : भाजपा र तृणमूलका कार्यकर्ताबीच झडप, मन्त्रीकै अगाडि फुटाइयो कार्यकर्ताको टाउको

चैत ५, २०७७
पश्चिम बंगाल : भाजपा र तृणमूलका कार्यकर्ताबीच झडप, मन्त्रीकै अगाडि फुटाइयो कार्यकर्ताको टाउको

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचन नजिकिँदै गर्दा भारतीय जनता पार्टी र तृणमूल कांग्रेसका कार्यकर्ताहरूबीच बिहीवार नन्दीग्राममा हिंसक झडप भएको छ । 

त्यहाँ केन्द्र सरकारका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानकै अगाडि एकजना भाजपा कार्यकर्ताको टाउको फुटाइएको नवभारत टाइम्सले खबर दिएको छ ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पुरुलियामा चुनावी सभामा सम्बोधन गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि शाब्दिक आक्रमण गरे । 

दमनकारी, अत्याचारी शासनबाट पश्चिम बंगाललाई मुक्त गर्ने समय आएको उनले बताए । 

आफूहरू घरघर जाने र सोनार बांग्ला बनाउने पनि उनले बताए । 

मे २ मा ममता सत्ताच्युत हुने र सुशासन आउने उनको भनाइ थियो ।
 

कमेन्ट गर्नुहोस्