२८ असार २०८३, आइतबार

अमेरिकासँग वार्ता नगर्ने उत्तर कोरियाको अड्डी

चैत ५, २०७७
अमेरिकासँग वार्ता नगर्ने उत्तर कोरियाको अड्डी

उत्तर कोरियाले अमेरिकासँग थप वार्ता गर्ने सम्भावनालाई नकारेको छ । 

अमेरिकाको बाइडन प्रशासनका अधिकारीहरू सौलको भ्रमणमा रहेको बेलामा किम जोङ सरकारले उनीहरूमाथि दबाब दिन खोजेको छ । 
 

वाशिङटनले विगत एक महिनामा गरेका विभिन्न प्रयासलाई प्योङयाङले अस्वीकार गरेको पुष्टि उत्तरका एक कूटनीतिकर्मीले बिहीवार पुष्टि गरे । यो समय बिताउने खेल भएको उनको भनाइ छ । 

अमेरिकासँग वार्तामा बस्नु भनेको समयको बर्बादी मात्र हो किनकि ऊ नयाँ परिवर्तन र समयलाई स्वीकार गर्न तयार छैन,’ परराष्ट्र राज्यमन्त्री चो सोन हुइले बताए । 

अहिले अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अस्टिन दक्षिण कोरियाको भ्रमणमा छन् । उनीहरू उत्तर कोरिया र चीनका विषयमा नयाँ दृष्टिकोण बनाउने राष्ट्रपति जो बाइडनको प्रयासका लागि क्षेत्रीय साझेदारहरूसँग वार्ता गरिरहेका छन् । 
 

ब्लिन्केनले चोका टिप्पणीलाई बेवास्ता गर्दै अमेरिका नीति योजनाको मस्यौदा बनाउन साझेदारहरूसँग परामर्श गरिरहेको बताए । बाइडनले किमलाई भेट्न चाहेको हो कि हैन भन्ने प्रश्नमा सबै विकल्प खुला छ भने । 
 

salt training

कमेन्ट गर्नुहोस्