
भारतको उत्तराखण्ड राज्यका नयाँ मुख्यमन्त्रीले महिलाहरूले लगाउने फाटेको जीन्सका विषयमा दिएको बयान अहिले चर्चामा छ ।
तीरथ सिंह रावतले एक कार्यक्रममा बताए, ‘एकपटक विमानमा बस्दा मेरो छेउमा एक महिला बसेकी थिइन् । उनको गोडामा गमबूट, घुँडामा फाटेको जीन्स र हातमा ठूला बाला थिए ।’
‘
घुँडा हेरें अनि दुईजना बच्चा पनि साथै देखिए । सोध्दा थाहा भयो, पति जेएनयूमा प्राध्यापक रहेछन् र उनी एनजीओ चलाउँदी रहिछन् । एनजीओ चलाउने घुँडा देखिन्छन् । समाजमा जाने गर्छ्यौ । बच्चा साथै छन् । के संस्कार दिन्छ्यौ ?’
रावतको यस बयानमा महिलाहरूको प्रतिक्रिया आइरहेको छ ।
फाटेको जीन्स नभई फाटेको मानसिकतालाई सिउन आवश्यक रहेको प्रयोगकर्ताहरूले लेखे ।
त्यसपछि युवतीहरूले ह्याशट्याग रिप्डजीन्सट्विटरका साथ युवतीहरूले आफ्नो तस्वीर र धारणा व्यक्त गरिरहेका छन् ।