डिशहोममा मधेस प्लस च्यानल, स्थानीय भाषाका कार्यक्रम र टेलिश्रृखंला प्रशारण हुने

डिशहोमले मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । 

डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । 


Advertisement

नेपालमा नै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगायतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रशारण गर्ने तयारी च्यानलले गरिरहेको छ । 

मधेस प्लस च्यानलमा हरेक शुक्रवार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिश्रृखंला मिथिलाञ्चली प्रशारण भइरहेको छ । 

मधेस प्लस च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रशारण गर्ने तयारी गरिरहेको छ । 

हरेक शनिवार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रशारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रशारण गरिरहेको छ । 

चाडै यो च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी भईरहेको छ ।  

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा मधेस क्षेत्रमा प्रचलित भाषाका सामाग्री समेटिएको मनोरञ्जनात्मक “मधेस प्लस” नाममा च्यानल संचालनमा ल्याएको छ । 

साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पुर्‍याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्