०८ असार २०८३, सोमबार

राजनीतिक दलहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

चैत ५, २०७७
राजनीतिक दलहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्व राष्ट्रपति डा. यादव
फाइल फोटो

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरू जिम्मेवारपूर्ण रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।

चितवनमा बिहीवार पत्रकारसँग कुरा गर्दै उनले दलहरूले आआफ्नो भूमिका महत्त्वपूर्ण ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

डा. यादवले भने, ‘दलहरूलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे ।

उनले थपे, ‘म आशा गर्छु, राजनीतिक दलहरूले आ–आफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।’ 
 
देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा. यादवले बताए । उनले भने, ‘हामी लोकतन्त्रमा छौं । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वाेच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौं ।’

salt training

कमेन्ट गर्नुहोस्