२५ असार २०८३, बिहीबार

परियोजनाको तयारी गरेर मात्रै लगानी सम्मेलन हुनुपर्छ : अध्यक्ष गोल्छा

चैत ५, २०७७
परियोजनाको तयारी गरेर मात्रै लगानी सम्मेलन हुनुपर्छ : अध्यक्ष गोल्छा
फाइल फोटो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुन सके त्यसबाट उचित प्रतिफल प्राप्त हुने बताएका छन् ।

उनले भने, ‘तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार समारोहलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छाडेर हेर्ने हो भने अपेक्षितरूपमा विदेशी लगानी आउन नसकेको यथार्थ चित्रण गरे ।
 
महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउनसक्ने देशका दूतावाससँग पनि यस विषयमा छलफल अगाडि बढाइएको उनले जानकारी दिए । अध्यक्ष गोल्छाले भने, ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।’

salt training

कमेन्ट गर्नुहोस्