०१ असार २०८३, सोमबार

मालपोतका अधिकृत २४ हजार घुससहित रंगेहात पक्राउ

मालपोतका अधिकृत २४ हजार घुससहित रंगेहात पक्राउ
प्रतिकात्मक तस्वीर

कञ्चनपुरमा मालपोत कार्यालयका अधिकृत २४ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

बिहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गाको हाल साविक र कित्ता काटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्