१५ असार २०८३, सोमबार

यातायात क्षेत्रमा १२ वर्ष पहिले भएको निर्णयको कार्यान्वयन पक्ष कमजोर

यातायात क्षेत्रमा १२ वर्ष पहिले भएको निर्णयको कार्यान्वयन पक्ष कमजोर


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारीसाधनमा भाडादर समायोजन गर्न सरकारलाई अनुरोध गरेको छ । महासङ्घले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर लामो समयदेखि भाडादर समायोजन हुन नसकेको जनाउँदै समायोजनका लागि माग गरेको हो ।

    सरकारले विसं २०६५ मा प्रत्येक वर्ष भदौ महीनामा भाडादर समायोजन गरिनुपर्ने निर्णय गरे पनि विसं २०६९ यता भाडादर समायोजन नभएको महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले आगामी चैतको तेस्रो सातासम्म भाडादर समायोजन गर्नुपर्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यद्वारा जारी विज्ञप्तिमा माग गरिएको छ ।
    
    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समयसम्म सार्वजनिक यातायात ठप्प हुँदा व्यवसायी थप मारमा परेका थिए । सरकारले १२ वर्ष पहिले वैज्ञानिक भाडादर लागू गर्ने निर्णय गरेको थियो । सो मागपत्रमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारीसाधनसँग सम्बन्धित बीमा, कर, बैंक ब्याज, पार्टपूर्जा, टायर, लुब्रिकेन्टलगायतलाई ६५ प्रतिशत मानेर सोही आधारमा भाडादर समायोजन गरिने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्