×

NMB BANK
NIC ASIA

छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा

चैत ६, २०७७

NTC
तस्वीर सौजन्य : पोखरान्युज डटकम
Premier Steels

उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी थिए, फर्कंदा त उनमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उनले अनुभव सुनाए ।
    
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी एवं सञ्चारकर्मी औपचारिकरुपमा सो कार्यक्रममा सहभागी बनेका थिए ।

Muktinath Bank

यही चैत १ गतेदेखि शुरु गरिएको पदयात्रा अधिकांशका लागि नौलो अनुभव थियो । पछिल्ला समयमा चासो चर्चा बन्दै गएको मर्दीको आधार शिविरसम्मको पदयात्रा छोटो समयमा हिमाल चुम्ने पदयात्राका रुपमा देश विदेशमा ख्याति कमाएको छ । गुराँस फुल्ने जङ्गलैजङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने व्यवसायी काफ्लेले बताए।
    
चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्नुको छुट्टै महत्व रहेको उनको अनुभव छ । “यसअघि आफूले सुनेको भन्दा पनि रमाइलो पाएँ मर्दी पदयात्रा”, टेसा पोखराका संस्थापक अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का कोषाध्यक्षसमेत रहेका काफ्लेले भने, “यस पदयात्रा मार्गमा पछिल्ला समयमा आन्तरिक पर्यटकको बढ्दो चापसँगै यहाँको वातावरणीय सुन्दरतालाई जोगाउँदै सरसफाइलगायतका कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य रहेको टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले बताए । पदमार्गको प्रवद्र्धनका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको चिनारीसमेतलाई दृष्टिगत गर्दै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मर्दी पदयात्रा आयोजना गरिएको उल्लेख गर्दै उहाँले यात्राका प्रत्यक्ष देखाइ भोगाइसँगै पदयात्रामा प्रयोग गरिने सामग्रीको गुणस्तरीयताको अपरिहार्यताबारे पनि थप अनुभव प्राप्त भएको जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जङ्गलैजङ्गलका बीच हिँडिने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता अवर्णनीय हुने यहाँका होटेल व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार पदयात्रा शुरु गर्दा शुरुमा गुलाबी रङ्गको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङ्गको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो ।

Vianet communication

पछिल्ला वर्षमा विशेषतः आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको यस पदमार्ग कोरोना कहरका बाबजुत पनि सुरक्षा मापदण्डसहित सञ्चालनमा ल्याइएको माछापुच्छ्रे गाउँपालिका–९का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए। मर्दी हाइक्याम्पस्थित होटेल ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमका अनुसार यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे«, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ ।
    
सन् २००७ मा मर्दी हाइक्याम्पमा हेटेल खोल्न लाग्दा त्यस समयमा आफू उपहासको पात्रसमेत बनेको अनुभव सुनाउँदै उहाँले पछिल्ला वर्षमा सुविधासम्पन्न होटेल तथा पूर्वाधार बन्ने क्रमले पनि गति लिएको बताए । पोखराबाट छोटो दूरीमा हिमालसँग मितेरी लगाउँदै रमणीय हिमाली तथा पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने मर्दी पदयात्राको विशिष्टता भएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका सचिवसमेत रहनुभएका गौतमको भनाइ छ ।
    
कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ ।
    
हाइक्याम्पबाट ठाउँठाउँका साँघुरा अप्ठेरा बाटा पार गर्दै ‘भ्यु प्वाइन्ट’ र आधार शिविर पुग्न सकिने टेसा पोखराका पूर्वअध्यक्ष एवं सल्लाहकार नवराज अधिकारीले जानकारी दिए । “शुरुमा जाँदा अप्ठेरा बाटाका कारण थकाइ लागे पनि हिमाली चुचुरासँग मितेरी लगाउँदै हिँड्न पाउँदा सबै थकाइ मेटिन्छ”, पदयात्राको अनुभव सुनाउँदै उनले भने, “पोखराबाट यति छोटो दूरीको हिमाल चुम्न सकिने यो पदमार्गको प्रवद्र्धन, संरक्षणका साथै प्रचारप्रसार आवश्यक छ ।
    
शुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ्रे गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् ।    पदयात्रा पर्यटनमा मर्दी पदयात्रा पछिल्ला समयमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य टीकाराम सापकोटा बताउनुहुन्छ । मर्दी पदयात्रा प्राकृतिक सौन्र्यताले विशेष महत्वपूर्ण रहेको बताउँदै उहाँले यसको निरन्तर प्रवद्र्धन र संरक्षण गर्नु जरुरी रहेको बताए ।

“यस पदमार्गमा ठूला बस्ती नरहेका कारण यो प्रकृतिमा आधारित पदमार्ग हो”, उनले भने, “यसको प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै बस्ती नरहेका कारण आगामी दिनमा पनि यस क्षेत्रमा जथाभावी मोटरबाटो खन्ने काम रोकिनु आवश्यक छ ।”

बढ्दो पर्यटकको आगमनसँगै हुनसक्ने वातावरणीय प्रदूषणसमेतलाई दृष्टिगत गर्दै बेलैमा यसतर्फ सचेत बन्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । छोटो दूरीमा हिमाल छुन सकिने मर्दी पदयात्राको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उहाँले पदयात्रा मार्गका बाटोलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए । वासुदेव पौडेल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x