
महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ ।
उनले खातामा रकम नभएको चेक दिएपछि वृत्त कमलपोखरीमा उनीविरुद्ध जाहेरी परेको थियो । उनीविरुद्ध १९ माघमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।
उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेले दुगड र सरिता प्रधानविरुद्ध पक्राउ पूर्जी जारी गरेकी थिइन् ।
परिसरका एसपी रमेश बस्नेतले दुगडलाई उनको ताहाचलस्थित घरबाट कालिमाटी वृत्तले पक्राउ गरेर कमलपोखरीमा बुझाएको बताए ।
पाँच लाख ३७ हजार बिगो बराबरको कसूरमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।