२२ असार २०८३, सोमबार

पश्चिम बंगाल चुनावमा भाजपाको टिकट वितरणले पनि ल्यायो लफडा

चैत ६, २०७७
पश्चिम बंगाल चुनावमा भाजपाको टिकट वितरणले पनि ल्यायो लफडा

पश्चिम बंगालमा भारतीय जनता पार्टी सत्तारूढ दल तृणमूल कांग्रेसका लागि सबभन्दा ठूलो चुनौतीका रूपमा उदाएको छ । 

भाजपाले चुनाव जित्न अनेकौं उपाय रचिरहेको छ तर टिकट वितरणको सवालमा उसलाई समस्या परिरहेको छ । 

बाहिरका मान्छे वा स्टारहरूलाई चुनावको टिकट दिइँदा भाजपाका कार्यकर्ताहरू रिसाएका छन् । उनीहरूले बंगालका कतिपय शहरमा प्रदर्शन गरेका छन् । 

बंगालको अलीपुरद्वार विधानसभा सीटमा भाजापाले अर्थशास्त्री अशोक लाहिरीलाई टिकट दियो । भाजपा कार्यकर्ता यसबाट आक्रोशित भए र उनीहरूले स्थानीय कार्यालय बाहिर प्रदर्शन गरे । भाजपाका जिल्ला अध्यक्षले पनि उम्मेदवारलाई चिन्दैनौं भनिदिए । त्यसपछि भाजपाले उम्मेदवार बदल्यो र जिल्ला महासचिव सुमन कांजीलाललाई टिकट दियो ।
 

जगतादल र जलपाईगुडी सदर इलाकामा पनि त्यही भयो । भाजपाले त्यहाँ टिकट जारी गर्दा तृणमूलबाट आएका मानिसलाई टिकट दिएको थाहा भएपछि भाजपा कार्यकर्ताले तोडफोड गरे । 
 

जगतादलमा भाजपाले अरिन्दम भट्टाचार्यलाई टिकट दियो तर कार्यकर्ताहरूले विरोध शुरू गरे । जलपाईगुडीमा आक्रोशित कार्यकर्ताहरूले पार्टी कार्यालयमा तोडफोड गरे । 
 

मालदा, दुर्गापुर र पाण्डेश्वर समेत विभिन्न क्षेत्रमा पनि उम्मेदवारको नाम घोषणा भएपछि कार्यकर्ताहरू रिसाएर तोडफोड गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्