२८ असार २०८३, आइतबार

मेलम्ची शुरू गर्ने कृष्णप्रसाद भट्टराईको नाम लिन कन्जुस्याइँ गरेकोमा कांग्रेसको आपत्ति

मेलम्ची शुरू गर्ने कृष्णप्रसाद भट्टराईको नाम लिन कन्जुस्याइँ गरेकोमा कांग्रेसको आपत्ति
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाका अवधारणाकार कृष्णप्रसाद भट्टराईको नाम नलिइएकोमा सरकारप्रति आपत्ति प्रकट गरेको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा अधिवेशन आह्वानको मन्तव्य राख्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले मेलम्ची ल्याएको भन्ने सरकारले कृष्णप्रसाद भट्टराईको नाम नलिएको भन्दै आपत्ति जनाएका हुन् । 

‘मेलम्चीमा कृष्णप्रसाद भट्टराईको नाम लिन कञ्जुस्याइँ ? किसुनजी यो सदनको पहिलो सभामुख र २०४७ सालको जनआन्दोनको कमाण्डर हो नि ! उहाँले मेलम्ची ल्याउने कुरा गर्दा टुँडिखेलमा हाँसो गर्नेहरूले अहिले हामीले मेलम्ची ल्याएको भन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् ?’ खाणले प्रश्न गरे ।  

नेता खाणले भने, ‘जसको पालामा शुरू भएको छ, त्यसलाई धन्यवाद दिऔं । दिउँसै रात पार्ने काम नगरौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्