३१ जेठ २०८३, आइतबार

धादिङकी सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेर फरार डोजर चालक पक्राउ

धादिङकी सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेर फरार डोजर चालक पक्राउ

धादिङको सल्यानटारमा एक महिलालाई जिउँदै खाल्डोमा पुरी हत्या गरेर फरार भएका ए चालक जीवन भन्ने भीमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चालक बुढाथोकीलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारकी सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेर उनी फरार भएका थिए ।

स्थानीयले थाहा पाएपछि शंकास्पद स्थानमा खोतल्दा सरस्वतीको शव खाल्डोमा भेटिएको थियो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा बुढाथोकीले ती महिला खाल्डोमा खसेपछि पुरेर भागेको स्वीकारेका छन् ।

घटनापछि लुक्न भारत पुगेका बुढाथोकीलाई कञ्चनपुरस्थित भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्