बलिउडकी नर्तकी अभिनेत्री नोरा फतेहीले समुद्री किनारमा सेल्फी खिचाएको कामुक तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् ।
भुज फिल्ममा अभिनय गरेकी नोराले कालो ट्युब टप लगाएकी छन् र गुलाबी बेसबल क्याप टाउकोमा सजाएकी छन् ।
सूर्यका किरणहरू पर्दा नोराको सुन्दर छाला झनै टल्किएको छ ।
अजय देवगणको फिल्म भुज : द प्राइड अफ इन्डियामा नोरा देखिन लागेकी छन् । यो फिल्म भारतीय वायुसेनाका पाइलट विजय कार्णिकको बारेमा हो ।