२१ असार २०८३, आइतबार

कसैका कारण जसपा फुट्दैन, सही समयमा निर्णय लिन्छौं– राजकिशोर यादव

कसैका कारण जसपा फुट्दैन, सही समयमा निर्णय लिन्छौं– राजकिशोर यादव

जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि उपयुक्त समयमा विवेकपूर्ण निर्णय लिने बताएको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अधिवेशन आह्वानका अवसरमा मन्तव्य राख्दै जसपा सांसद राजकिशोर यादवले आफूहरूमाथि सत्ता लोलुपताको आरोप लगाइए पनि कसैका लागि पार्टी नफुट्ने जिकिर गरे ।

‘जसपा अहिले निर्णायक छ, एकढिक्का छ । कसैका कारणले हामी फुट्नेवाला छैनौं । देशको हितमा सही समयमा सही निर्णय लिन्छौं,’ यादवले भने । 

यादवले कारागारमा रहेका सांसद रेशम चौधरीलाई राजबन्दी सरह रिहा गर्न माग गर्दै उनको रिहाइ सरकारसँग लेनदेनको विषय हुन नसक्ने बताए ।

‘अघि यहाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीके राउतलाई मूलधारमा ल्यायौं भन्नुभयो, धन्यवाद छ । नेत्रविक्रम चन्दलाई ल्याएकोमा साधुवाद छ । थरुहट आन्दोलनमा लागेका तपाईंजत्तिकै हैसियतका सांसदको रिहाइमा ध्यान पुगेन ? थारु भएकै हुनाले ध्यान पुगेन ? थारु भएकै कारणले जेलमा बसिराख्नुपर्ने ?’ यादवले भने, ‘संविधान संशोधनको कुरा गर्दा सरकारमा आइदिनुपर्‍यो, सरकारमा आउनका लागि रेशम चौधरीको रिहाइलाई शर्तका रूपमा लिन मिल्दैन । चौधरीलाई राजबन्दीसरह व्यवहार गर्नुपर्छ, सरकारको लेनदेनको विषय बनाउन मिल्दैन ।’

यादवले प्रतिनिधि सभा पुनःस्थापना भइसकेको अवस्थामा सहमतिको राजनीति शुरू गर्नुपर्ने बताए ।

‘विश्वकै उत्कृष्ट संविधान भन्नेहरू संविधान च्यात्दै हिँडे, संविधान मान्दैनौं भन्नेहरूले संविधान जोगाउन सडक आन्दोलन गर्‍यौं,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्