०४ असार २०८३, बिहीबार

आगलागीमा मरे २० गाई

आगलागीमा मरे २० गाई

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका¬–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी  २० गाई जलेर मरेका छन् ।

गाउँपालिकाअन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  ।

तीमध्ये १० गाई घाइते र ३०  हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताउनुभयो ।

आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ  । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते हुनुभएको छ  ।  उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्