२० असार २०८३, शनिबार

‘टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय भएको छैन’

कात्तिक २०, २०७४
‘टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय भएको छैन’

काठमाडौँ, १० जेठ - गृह मन्त्रालयले टीकापुर घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने किसिमको कुनै निर्णय नभएको स्पष्ट पारेको छ । मधेस तथा थरुहट आन्दोलनका नाममा २०७२ साल भदौमा सातजना सुरक्षाकर्मीसहित एक बालकको बीभत्स हत्या गरिएको थियो ।griha-mantralaya
सो घटनामा संलग्न रहेको अभियोगमा २३ जनालाई पक्राउ गरी पुर्पक्षपछि कारागार पठाइएको छ भने ३३ जना अभियुक्त फरार छन् । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले टीकापुर घटनामा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने किसिमको निर्णय भएको आधिकारिक पत्र मन्त्रालयले प्राप्त गरेको छैन भने । गम्भीर प्रकृतिको अपराधमा संलग्न व्यक्तिको मुद्दा फिर्ता नहुने पनि बताउँदै उहाँले भने , “टीकापुर घटनाका विषयमा सञ्चारकर्मीको बुझाइ र लेखाइ गलत भएजस्तो लाग्छ । त्यसैले सत्यतथ्य बुझेर लेख्न आग्रह गर्छु । ”
यही जेठ ४ गते बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले थरुहट र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी घटनामा संलग्न व्यक्तिविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्