
भीमदत्त नगरपालिका–५ महाकाली सिँचाइको उत्तरतर्फको नहरमा आज अन्दाजी ४० वर्षीय युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नहर किनारामा पानीमा दुवै खुट्टाको घुँडा खुम्चिएर जमिन टेकिइ दुवै हात र टाउको समेत नहरको जमिनमा टेकिएको हिलो माटो लागेको अवस्थामा शव फेल परेको हो । घटनास्थलमा लाश जाँच मुचुल्का गरी शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।