२२ जेठ २०८३, शुक्रबार

नक्कली एसपी पक्राउ

चैत ७, २०७७
नक्कली एसपी पक्राउ

राष्ट्रिय अनुसन्धान विभागको एसपी हुँ भन्दै विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्दै हिँडेको अभियोगमा चितवन प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–१ का ४५ वर्षीय विश्वराज पन्त भनिने बुद्धिप्रसाद पन्त भएको प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा पन्तलाई बिहीबार साँझ खैरहनी नगरपालिकाको पर्सा बजारबाट पक्राउ गरिएको हो। निजले चितवनको रत्ननगर टाँडी र खैरहनीको पर्साका विभिन्न होटलमा महिनौँसम्म बसेर खाने र पैसा नदिई हिँड्ने गरेको पनि खुलेको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्