
वाग्मती सफाइ महाअभियानको ४१० औं हप्तामा वाग्मती र रुद्रमतीको संगमस्थलमा सफाइ गरिएको छ ।
सफाइबाट ९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती संघ लगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो ।
मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।
विक्रम संवत् २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान २ घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदी समेत सफाइ शुरू गरिएको छ ।
देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।