२६ असार २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटीका ७ एजेण्डा, स्थायी कमिटी पुर्नगठनदेखि नेतालाई स्पष्टिकरण सोध्नेसम्म

एमाले केन्द्रीय कमिटीका ७ एजेण्डा, स्थायी कमिटी पुर्नगठनदेखि नेतालाई स्पष्टिकरण सोध्नेसम्म

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

 बैठकमा ७ एजेण्डामाथि छलफल चल्ने बताइएको छ । 

बालुवाटार स्रोतका अनुसार एमाले केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी पुनर्गठनदेखि नेताहरूलाई स्पष्टीकरण सोध्ने विषयमा छलफल हुँदैछ । 

आजको केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, अध्यक्षलाई अख्तियार प्रत्यायोजन गर्ने  निर्णयसमेत गर्न सक्नेछ । 

यस्तै महाधिवेशन आयोजक समितिको गठन पनि आजैको बैठकले गर्न सक्ने बालुवाटार निकट स्रोतले लोकान्तरलाई बतायो । 

बैठकमा जनसंगठनको जिम्मेवारी तथा पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टिकरण सोध्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्