३१ जेठ २०८३, आइतबार

सिमेन्टको भाउ आधा घट्यो

चैत ८, २०७७
सिमेन्टको भाउ आधा घट्यो

हुम्ला । हुम्लामा निकै महँगोमा खरिद गर्नुपर्ने सिमेन्टको मूल्य आधा सस्तिएको छ। दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै स्थल मार्गबाट सिमेन्ट ढुवानी हुन थालेपछि मूल्य सस्तिएको हो। यसअघिसम्म एक बोरा सिमेन्टको मूल्य आठ हजार छ सय पर्ने गरेकामा अहिले आधा घटेर त्यसको मूल्य चार हजार तीन सयमा झरेको स्थानीय लोकेन्द्र रावतले बताए । 

सडक सञ्जाल नहुँदा महँगो हवाई भाडा तिरेर नेपालगञ्ज र सुर्खेतबाट ढुवानी गर्नुपथ्र्यो तर अहिले दक्षिणी हुम्लासम्म गाडीमा ढुवानी भएर आउने भएपछि मूल्य सस्तो भएको उनको भनाइ छ। स्थल मार्गबाट खच्चडमा आउने सिमेन्ट पनि हवाई मार्गको भन्दा केही सस्तो पर्ने गरेको थियो। सिमेन्टको मूल्य सस्तिएसँगै अब विकास निर्माण तथा अन्य निर्माणको लागत पनि घट्ने उनले बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्