०९ असार २०८३, मंगलबार

महाराष्ट्रमा गृहमन्त्री अनिल देशमुखको राजीनामा किन मागिँदैछ ?

चैत ८, २०७७
महाराष्ट्रमा गृहमन्त्री अनिल देशमुखको राजीनामा किन मागिँदैछ ?

महाराष्ट्रमा शिवसेना, एनसीपी र कांग्रेसको गठबन्धन सरकार विवादमा फसेको छ । 

दिग्गज व्यापारी मुकेश अम्बानीको घर नजिक विस्फोट पदार्थ राखेको आरोपमा प्रहरी अधिकृत सचिन वझेको नाम आएपछि सरकारको बेइज्जती भयो । 

यसको विवाद बढ्दै गएपछि मुम्बई प्रहरीको कमिस्नरबाट परमवीर सिंहलाई हटाइयो । सिंहले मुख्यमन्त्री उद्धव ठाकरेलाई चिट्ठी लेखेका छन् । 

उनले चिट्ठीमा गृहमन्त्री अनिल देशमुखमाथि आरोप लगाएका छन् । देशमुख एनसीपीका हुन् । 

सिंहका अनुसार, गृहमन्त्रीले वझेलाई बार र हुक्का पार्लरहरूबाट प्रत्येक महिना १०० करोड भारु असुल्ने लक्ष्य दिएका थिए । 

देशमुखले यस आरोपको खण्डन गर्दैै बदनाम गर्ने षड्यन्त्र भएको बताएका छन् । मानहानिको मुद्दा लगाउने पनि उनको भनाइ छ । 

कांग्रेसले समेत देशमुखको राजीनामा मागिरहेको छ । 

भारतीय जनता पार्टीले यस विषयमा आक्रामक कदम उठाइरहेको छ । पूर्व मुख्यमन्त्री देवेन्द्र फणनवीस समेत अनेकौं भाजपा नेताले देशमुखमाथि आक्रमण गरिरहेका छन् । देशमुखलाई पदबाट हटाएर मुख्यमन्त्रीले पूरा घटनाको निष्पक्ष जाँच गर्नुपर्ने उनको भनाइ छ ।

महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरेले पनि अनिल देशमुखलाई तत्कालै राजीनामा दिन माग गरेका छन् । 

गठबन्धन सरकार समस्यामा परेपछि एनसीपीका वरिष्ठ नेता शरद पवार सक्रिय भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्