×

NMB BANK
NIC ASIA

प्रदेशको सत्ता समीकरण

कर्णालीको पराकम्प लुम्बिनी झर्ने खतरा: माओवादीको टेको गुम्दा जोगिएलान् मुख्यमन्त्री पोखरेल ?

चैत ८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि कर्णाली प्रदेशमा आएको पराकम्पको असर लुम्बिनी प्रदेशसम्म पनि झर्ने खतरा बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरणमा मुख्यमन्त्री बनेका शंकर पोखरेल पछिल्लो समय संकटमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णालीमा एमालेले विश्वासको मत फिर्ता लिएपछि माओवादी नेतृत्वको सरकार धर्मराएको अवस्थामा छिमेकी प्रदेश लुम्बिनीमा माओवादीले सरकारलाई लामो समय टेको दिइराख्ने देखिँदैन । 


Advertisment
Nabil box
Kumari

नेकपा एकीकृत छँदा पूर्व माओवादी खेमाका केही सांसदको समेत समर्थनमा बलियो बनेका मुख्यमन्त्री शंकर पोखरेल एमाले र माओवादी ब्युँतिएपछि माओवादीको समर्थन पाइराख्ने वा अन्य कुनै दलको समर्थन लिनुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

Vianet communication
Laxmi Bank

दुई मन्त्रीसहित प्रदेश सरकारमा रहेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाँकी छ । माओवादीले संघ (केन्द्र) मा बन्ने समीकरण अनुसार प्रदेश सरकारलाई दिएको सत्ताको टेकोलाई जुनसुकै समयमा छाडिदिन सक्छ । त्यसमाथि कपिलवस्तुबाट निर्वाचित एमाले सांसद विष्णु पन्थी र पाल्पाकी समानुपातिक सांसद रमा घर्ती एमाले (खनाल–नेपाल पक्ष)को राष्ट्रिय भेलामा सहभागी भएपछि मुख्यमन्त्री पोखरेललाई थप क्षति हुने देखिन्छ ।

माओवादीका गुल्मीबाट निर्वाचित सांसद दिनेश पन्थी र रुपन्देहीबाट निर्वाचित दधिराम न्यौपाने एमालेमा लागे पनि निर्णायक अवस्था आउँदा माओवादीले सांसद पदबाटै हटाइदिन सक्छ, सोही कारण उनीहरूको दुई मतको भर परेर बस्ने अवस्था छैन ।

त्यहीँ संकट देखेर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकार चलाउन छलफललाई तीव्रता दिएका छन् । लुम्बिनीमा ‘किङमेकर’ जसपा छ । केन्द्रमा जस्तै लुम्बिनीमा पनि जसपाविना सरकार नै नबन्ने अवस्था आउनसक्छ । जसपाको साथ पाएमा मुख्यमन्त्री शंकर पोखरेलले सरकार जोगाउन सक्छन् भने माओवादी, कांग्रेस र जसपा मिलेर पनि सरकार बन्न सक्छ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल सहितका सत्तापक्षका नेताहरू जसपासँग निरन्तर संवादमा रहे पनि त्यसले निश्चित आकार भने लिन सकेको छैन ।

उता, कांग्रेस पनि आफ्नो नेतृत्वमा सरकार बनाउने अभियानमा छ । कांग्रेस प्रमुख सचेतक फखरुद्धिन खाँनको संयोजकत्वमा कार्यदल नै गठन गरेर माओवादी र जसपासँग छलफलमा छ । के, लुम्बिनीमा शंकर पोखरेललाई हटाएर अन्य दल सम्मिलित सरकार बन्ला त ? 

कांग्रेस सांसद फखरउद्धिन खाँनले लुम्बिनी एमालेबाहेक तीन दलको सरकार बन्ने बलियो सम्भावना रहेको बताए । ‘हामीले माओवादी र जसपासँग निरन्तर छलफल गरिरहेका छौं,’ खाँनले भने, ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले छलफलले औपचारिकता पाउन सकेको छैन । जसपा हामीसँग नजिक छ । एमाले बाहेकको गठबन्धन बनाएर सरकार बनाउन यहाँ गाह्रो छैन ।’ 

प्रमुख प्रतिपक्षी कांग्रेसलाई आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउने रहर छ । 

‘प्रमुख प्रतिपक्ष वेटिङ गभर्मेन्ट हो नि ! एमाले बाहेकको सरकार बने नेतृत्वको दाबी स्वाभाविक रूपमा कांग्रेसको हो, तर खुला छलफल गर्न हामी तयार छौं ।’ खाँनले लोकान्तरसँग भने । 

८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । सरकारका लागि ४४ सांसद आवश्यक पर्छ ।

अहिले मुख्यमन्त्रीसँग ३९ सांसद छन् । एमालेपछिको दोस्रो शक्ति माओवादी र तेस्रोमा कांग्रेस छ । यसले सरकारको नेतृत्व कसले गर्ने भन्नेमा पनि विवाद हुन सक्छ । 

उता जसपाले एमालेसँग सत्ता समीकरण गर्नुपर्ने अवस्था आए प्रदेशमा तीन महत्त्वपूर्ण मन्त्रालय दिनुपर्ने शर्त अगाडि सारेको छ । प्रदेशका झण्डै आधा बजेट हेर्ने मन्त्रालय भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र अन्तरिक मामिला तथा कानून मन्त्रालय आफूहरूलाई दिनुपर्ने माग जसपाको छ । तर यी तीनवटै मन्त्रालय दिने देखिन्न ।

जसपा प्रमुख सचेतक सन्तोष पाण्डेयले जसको नेतृत्वमा प्रदेश सरकार बने पनि आफूहरूको सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखे । ‘हामी कांग्रेस र एमालेसँग निरन्तर छलफलमा छौं । जुन दलले सम्मानजनक उपस्थिति दिन्छ, त्यहीँ दलको नेतृत्वमा सरकारमा सहभागी हुन्छौं ।’

जसपा सरकारमा जान खुट्टा उचालेर बसेको छ । प्रदेशमा संघले जुनसुकै दलसँग मिलेर सरकार बनाए पनि संघले हस्तक्षेप गर्न नहुने जसपा प्रदेश कमिटीले पार्टी केन्द्रसँग माग गर्दै आएको छ ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशमा मुख्यमन्त्री पोखरेल जतिको योग्य र क्षमतावान नेता कुनै पनि नभएकाले पोखरेल नेतृत्वकै सरकार निरन्तर अगाडि बढने बताए ।

‘प्रदेशको समृद्धिको नेतृत्वकर्ता मुख्यमन्त्री पोखरेल हो । उहाँ जतिको सक्षम, क्षमतावान र योग्य नेता प्रदेशमा छैनन् । यो सरकारको विकल्प खोज्न आवश्यक पनि छैन । यही सरकार अगाडि बढ्छ,’ ढकालले लोकान्तरसँग भने । 
पोखरेल राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव भएको नेता हुन् ।

माओवादीका सचेतक पार्वती पुनले नयाँ सत्ता समीकरण र अगामी रणनीतिबारे १/२ दिनभित्रै निर्णय लिइने बताइन् । प्रदेशको बजेट अधिवेशन अन्त्य भएको यही चैत २० गते ६ महिना पुग्दैछ । २० गतेभित्र अधिवेशन शुरू गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x