०३ असार २०८३, बुधबार

यो सुँगुरले पेन्टिङ गरेर कमायो लाखौं रुपैयाँ (भिडियो)

जेठ ५, २०७८
यो सुँगुरले पेन्टिङ गरेर कमायो लाखौं रुपैयाँ (भिडियो)

सुँगुरले पेन्टिङ गरेर लाखौं रुपैयाँ कमाएको खबर सुन्दा तपाईंलाई आश्चर्य लाग्ला तर यो सत्य घटना हो । 

चित्र बनाउने सुँगुरको नाम पिग्कासो हो । ऊ वर्षौंदेखि पेन्टिङ गरिरहेको छ । 

हालै उसले बेलायतका राजकुमार ह्यारीको पेन्टिङ बनाएको थियो र त्यो २.३६ लाख भारुमा बिक्यो । स्पेनका एक व्यक्तिले त्यो पेन्टिङ किनेका छन् । 

पिग्कासोको उमेर चार वर्षको छ । उसले कैयौं पेन्टिङ बनाएको छ । 
 

सुँगरकी मालिक्नी जोने लेफसन हुन् र उनी दक्षिण अफ्रिकामा बस्छिन् । 
 

सुँगरले बनाएको चित्र बेचेर आएको पैसा परोपकारमा खर्च गर्ने गरिएको छ । लेफसनले त्यो रकम आफ्नो फार्ममा बस्ने अन्य जनावरको स्याहारका लागि खर्च गर्ने गरेकी छन् । 
 

पिग्कासोलाई लेफसनले कसाईघरबाट ल्याएकी थिइन् । मर्नबाट जोगिएको पिग्कासोले लाखौं रुपैयाँ कमाइरहेको छ । 

उसको आफ्नै इन्स्टाग्राम पेज पनि छ । त्यसमा उसले पेन्टिङ गरिरहेको देखिन्छ ।

मुखले ब्रश समातेर ऊ पेन्टिङ गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्