
साताको पहिलो दिन आइतवार शेयर बजारमा सुखद् शुरूवात भएको छ ।
आइतवार कारोबार शुरू भएदेखि हालसम्म नेप्से परिसूचक ३४.३९ अंकले बढ्दा बजार २५०९.४८ विन्दुमा पुगेको छ ।
हालसम्म १ सय ९९ कम्पनीको शेयर खरिदबिक्रीमार्फत १ अर्ब ८२ करोड १२ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार, कारोबारको शुरूदेखि नै तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ ।
जसअनुसार, विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशत वृद्धि भएको छ । १ सय ४९ रुपैयाँ बढ्दै कम्पनीको शेयर मूल्य १ हजार ६४० रुपैयाँ पुगेको छ ।
यस्तै, चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । १ सय २९ रुपैयाँले बढ्दै कम्पनीको शेयर मूल्य १ हजार ४ सय २१ रुपैयाँ पुगेको छ ।
यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य १ सय ५७ रुपैयाँले बढ्दै १ हजार ७ सय ३१ रुपैयाँ पुगेको छ ।