२५ जेठ २०८३, सोमबार

उत्कृष्ट कार्यसम्पादन गर्ने ३ प्रजिअलाई गृह मन्त्रालयले गर्‍यो सम्मान

उत्कृष्ट कार्यसम्पादन गर्ने ३ प्रजिअलाई गृह मन्त्रालयले गर्‍यो सम्मान

बेरुजु फर्छ्यौटमा उल्लेख्य कार्यसम्पादन गर्ने ३ प्रमुख जिल्ला अधिकारीहरु सम्मानित भएका छन् । 

गृहमन्त्रालयले  आइतवार एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६/७७ मा फछ्र्यौट गर्नुपर्ने बेरुजु सक्रियताका साथ फछ्र्यौट गरेको भन्दै काठमाडौं, नुवाकोट र काभ्रेपलाञ्चोकका तत्कालिन प्रमुख जिल्ला अधिकारीहरुलाई सम्मान गरेको हो । 

सम्मानित हुनेहरूमा नुवाकोटका तत्कालिन प्रजिअ द्रोण पोखरेल, काठमाडौंका तत्कालिन प्रजिअ जनक राज दाहाल र काभ्रेपलान्चोकका प्रजिअ श्रवण कुमार तिमिल्सिना रहेका छन् । 

गृहमन्त्री राम बहादुर थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई तथा शुभकाकना दिँदै  बेरुजु फछ्र्यौट सुशासन, प्रशासनिक कार्य प्रणाली र देश विकाससँग जोडिएको बताए। 

पुरस्कारसँगै आगामी वर्ष  बेरुजु फछ्र्यौटमा यो वर्षभन्दा थप फछ्र्यौट निकाल्ने दायित्व पुरस्कृत व्यक्तित्वहरुमा थपिएको बताए ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७मा २ अर्ब १६ करोड ५७ लाख २५ हजार रुपैयाँ फर्छयौट गर्नुपर्नेमा १ खर्ब ६६ करोड ४७ लाख २३ हजार रुपैयाँ फर्छयौट भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्