काभ्रेको बेथानचोक गाउँपालिका- ३ स्थित नारायणस्थान डाँडामा भीरबाट खसेर मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले निकालेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
डाँडाबाट करीब ६/७ सय मिटर तल खसेर भीरमा अड्किएको शव नेपाली सेनाको टोलीले त्यहाँबाट निकाली प्रहरीलाई हस्तान्तरण गरेको हो ।
'चैत ६ गते काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक- ३ स्थित नारायणस्थान मन्दिरको पश्चिमपट्टि भीरबाट खसी मृत्यु भएका १ जनाको शव कालीजंग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त टोलीले ज्यादै कठिन र चुनौतीपूर्ण स्थानबाट निकाली प्रहरी प्रशासनलाई बुझाएको छ,' सेनाले ट्विटरमार्फत जानकारी गराएको छ ।
धुलीखेल नगरपालिका ४ मा कार्यरत वडा नम्बर ७ का २६ वर्षीय निरोज रिजालको शनिवार भीरबाट खसेर मृत्यु भएको थियो ।