२२ जेठ २०८३, शुक्रबार

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा ५.२३ गुणा बढी आवेदन, तपाईंले भर्नुभो ?

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा ५.२३ गुणा बढी आवेदन, तपाईंले भर्नुभो ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आइतवार साँझ सम्ममा ५.११ गुणा भन्दा धेरै आवेदन परेका छन्।

बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आईपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आईपीओको ५.२३ गुणा भन्दा धेरै हो।

कम्पनीले शुक्रबारदेखि बिक्रीमा ल्याएको २९ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सकिने छ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्