०२ असार २०८३, मंगलबार

सधैं स्वस्थ रहनका लागि यी पाँच उपाय अपनाउनुस्

मंसिर १३, २०७८
सधैं स्वस्थ रहनका लागि यी पाँच उपाय अपनाउनुस्

 स्वस्थ जीवनका लागि केही नियमहरूको पालना गर्नु जरूरी हुन्छ । राम्रो बानी आफू पनि अपनाउनुपर्छ र आफ्ना सन्तानलाई पनि अपनाउन लगाउनुपर्छ । असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ ।

रातिको खाना
राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस् ।

मोबाइलबाट टाढा
राति आराम गर्ने समय हो । राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस् ।

बिहान छिटो उठ्ने
ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा ठूलो समस्या आउँछ । बिहानको समयमा व्यायाम र ध्यान गर्दा स्वास्थ्य राम्रो रहन्छ । यसो गर्दा दिनभरि ताजा रहनुहुनेछ ।

हरियो सागपात खाने
खानामा भरपूर सागपात, सलाद, जुस र फलहरू समावेश गर्नुस् । यसले पाचनप्रक्रिया राम्रो बनाउँछ ।

नुहाउनुअघि मसाज
हरेक दिन नुहाउनुअघि नरिवल वा जैतून तेलले शरीरको मसाज अवश्य गर्नुस् । यसले शरीर फुर्तिलो राख्छ । अनि छालाको समस्या पनि समाधान हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्