२५ असार २०८३, बिहीबार

बिदेश मोह छोडेर गाउँपालिकाको उपाध्यक्षमा चुनाव लड्न नेपालमा

कात्तिक २०, २०७४
बिदेश मोह छोडेर गाउँपालिकाको उपाध्यक्षमा चुनाव लड्न नेपालमा

गुल्मी जेठ १० — स्थानीय निर्वाचनमा उम्मेदवार बन्न गुल्मीकी एक महिला बिदेश छोडेर स्वदेश फर्किएकी छन् । साबिबको हस्तिचौर गाविस हालको इस्मा गाउँपालिका वडा नं. १ निवासी बिमला खत्री स्थानिय तहको निर्वाचनको घोषणा भएसगैं उम्मेदवार बन्न भन्दै बिदेश बाट फर्किएकी हुन ।

लामो समयको राजनिती र शिक्षण पेशा छोडेर बैदेशिक रोजगारीको शिलशिलामा साईप्रस पुगेकी बिमला चुनाव लड्नकै लागि भनेर करिब २ महिना अघि नेपाल फर्किएकी थिइन । खत्री हाल एमालेको तर्फबाट गुल्मीको ईश्मा गाउपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी छन् ।

‘देशमा राजनैतिक अस्थिरता सँगै युवाहरु बेरोजगारी मारमा छन्, यो सब अत्य गर्नको लागी बिदेश मोह त्यागेर आएँ,’ खत्रीले भनिन् ‘मेरो जित पछी बेरोजगारी समस्या अत्यका लागी महत्वपूर्ण भुमिका खेल्नेछु ।’ देशमा केहि गर्नु पर्छ र गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको उनले बताइन् ।

उनले आफू निर्वाचित हुनेमा ढुक्क रहेको समेत बताइन् । ‘महिला पनि नेतृत्वदायि भुमिकामा पुग्न सक्छन, केहि गर्छन् र त्यो उदारणिय पाठ मैले मेरो गाउँपालिकाबाट दिलाउने छु ,’ उनले भनिन् ।

खत्रीे साविकको हस्तिचौर गाविसमा लोकप्रिय महिला नेतृको रुपमा चिनिन्छिन् । बिद्यार्थी जिवनबाटै राजनीतिमा सक्रिय खत्री समाज सुधार, महिला हक अधिकार देखि लिएर समाजमा पछाडि पारिएका बर्ग समुदायको उत्थानका लागी काम गर्दै आएकी छन् ।

दोश्रो चरणको चुनावको मिती नजिकिँदै गर्दा बिमला अहिले घरदैलोमा ब्यस्त छिन । घरदैलोको शिलशिलामा सबैको साथ सहयोग र सर्मथन पाएकोले चुनाव जित्नेमा ढुक्क भएको खत्रीको भनाई छ । २०५४ सालबाट अनेरास्ववीयुबाट एमालेको राजनितीमा सक्रिय खत्रीले करिब ८ बर्ष स्थानिय जनज्योति निम्न माध्यमिक बिद्यालयमा शिक्षिका थिइन ।

२०६८ सालमा टोल सुधार समिती गठन गरि मदिरा निषेधित क्षेत्र घोषणा गर्न सक्रिय भुमिका खेल्नुको साथै अन्यायमा पर्दै आएका महिला र पछाडी पारिएका बर्ग समुदायको उत्थानमा खत्रीको क्रियाशिलता उल्लेखनिय रहेको छ ।

गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भए सडक, खानेपानी, अधिकारमा सबैको पहुंच पु¥याउने आफनो पहलकदमी रहने बताइन् । नेकपा एमाले ईश्मा गाउपालिकामा लक्ष्मण बिष्ट प्रमुख र बिमला केसीलाई उपप्रमुख बनाएर चुनावमा होमिएको छन् । उक्त क्षेत्रमा एमाले बलियो पनि मान्छिन् । त्यसैले खत्री अझ बढी हौसिएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्